NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

योजना अनुगमन तथा नियमन शाखा

  1. स्वास्थ्य सेवा सम्बन्धी प्रादेशिक अल्पकालिन तथा दीर्घकालिन नीति, योजना तर्जुमा गर्नमा सामाजिक विकास मन्त्रालयलाई सहयोग गर्ने ।
  2. राष्ट्रिय मापदण्ड बमोजिम मातृ तथा नवशिशु स्वास्थ्य, खोप तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य तथा किशोर किशोरी स्वास्थ्य, आधारभुत स्वास्थ्य सम्बन्धी प्रादेशिक नीति निर्माण तथा रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु तयार गर्न मन्त्रालयलाई सहयोग गर्ने ।
  3. प्रदेशस्तरीय आवधिक तथा वार्षिक आयोजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
  4. राष्ट्रिय नीति तथा रणनीति अनुसार स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु प्रदेश तथा स्थानीयस्तरमा कार्यान्वयन गर्न सहजिकरण गर्ने ।
  5. स्थानीय तह तथा सरोकालाहरुसँग प्राविधिक विषयमा समन्वय तथ सहजिकरण गर्ने ।
  6. पोषण सम्बन्धी प्रादेशिक नीति तथा कानून निर्माणमा सहयोग गर्ने गुणस्तर मापदण्ड योजना कार्यान्वयन र नियमन गर्ने ।
  7. प्रदेश स्तरीय अनुसन्धानका प्राथमिकता निर्धारण अध्ययन तथा अनुसन्धान गर्ने ।
  8. प्रदेश स्तरीय स्वास्थ्य मानवस्रोत विकास र व्यबस्पापन गर्ने ।
  9. आयोजना तथा कार्यक्रमहरुको अनुगमन, समिक्षा तथा मूल्याङ्कन गर्ने ।
  10. प्रदेशस्तरमा स्वास्थ्य सम्बन्धी स्वास्थ्य लेखा पद्दती विकास तथा अध्ययन अनुसन्धान गर्ने ।
  11. खानेपानी, खाद्द पदार्थ, ध्वनी र हावाको गुणस्तर अनुगमन एबं गुणस्तर मापदण्ड निर्धारण गर्ने अन्तर निकाय समन्वय तथा कार्यान्वयन गर्ने ।
  12. स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्बाधार विकासको प्रादेशिक योजना तर्जुमा गर्ने ।
  13. स्वास्थ्य सम्बन्धी विषयहरुमा अन्तर प्रदेश र तहगत सहकार्य तथा समन्वय गर्ने ।
  14. प्रादेशिक कार्यक्रमहरुको सुपरिबेक्षण तथा अनुगमन गर्ने ।
  15. स्वास्थ्य तथा पोषण प्रबर्द्धनको लागि बहुक्षेत्रीय समन्वय गर्ने ।