कार्यक्रम समन्वय तथा जनसंख्या शाखा

  1. राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली सम्बन्धी नीति तयार गर्न सहयोग गर्ने नियम निर्देशिका मापदण्ड तथा प्रोटोकलहरु निर्माण गर्ने ।
  2. स्वास्थ्य सूचना पद्दतिहरुलाई समयानुकुल अध्यावधिक तथा प्रविधि मैत्री बनाउदै व्यबस्थापन गर्ने ।
  3. एच. एम. आइ. एस./ एल. एम. आइ. एस. जस्ता स्वास्थ्य क्षेत्रमा विद्यमान सूचना प्रणालीलाई एकिकृत प्रणालीको रुपमा प्रदेशस्तरमा संस्थागत गर्ने ।
  4. प्रदेशस्तरको आवश्यक्ता अनुसार स्वास्थ्य सूचनाको सूचकहरु निर्धारण एवं कार्यान्वयन गर्ने ।
  5. स्वास्थ्यसँग सम्बन्धित सूचनाहरुको विश्लेषण गरी बार्षिक तथा आवधिक रुपमा प्रतिबेदन तयार तथा सार्वजनिकिकरण गर्ने ।
  6. एकिकृत स्वास्थ्य सूचना प्रणालीलाई विभिन्न तहमा संस्थागत गर्न क्षमता अभिवृद्धिका लागि सहजिकरण गर्ने ।
  7. स्वास्थ्य सेवा सम्बन्धी सूचना व्यबस्थापन तथा कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्ने।
  8. राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिक स्तरमा जनसंख्या तथा परिवार योजना सम्बन्धी नीति तयार गर्न सहयोग गर्ने रणनीति निर्देशिका गुणस्तर मापदण्ड तथा प्रोटोकलहरु तयार गर्ने ।
  9. राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिक स्तरमा बसाइसराई सम्बन्धी नीति तयार गर्न सहयोग गर्ने रणनीति निर्देशिका तयार गर्ने ।
  10. प्रादेशिकस्तरमा जनसंख्या तथा परिवार नियोजन सेवा सम्बन्धी सर्वेक्षण अनुसन्धान र विश्लेषण गर्ने ।
  11. जनसंख्या व्यबस्थापन तथा परिवार योजना सम्बन्धी प्रादेशिक स्तरमा योजना कार्यान्वयन गर्ने ।
  12. जनसंख्या व्यबस्थापन सम्बन्धी स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनका लागि सहजिकरण गर्ने ।
  13. प्रादेशिकस्तरमा जनसंख्या चाप सूचाङ्क तथा प्रोफाइल तयार गर्ने ।