स्वास्थ्य शिक्षा सूचना तथा संचार शाखा

  1. राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य प्रबर्धन सम्बन्धी प्रादेशिक नीति तयार गर्न सहयोग गर्ने रणनीति निर्देशिका मापदण्ड प्रोटोकलहरु तयार गर्ने ।
  2. स्वास्थ्य शिक्षा सामाग्री विकास तथा वितरण सम्बन्धी प्रादेशिक नीति रणनीति निर्देशिका मापदण्ड प्रोटोकलहरु तयार गर्ने ।
  3. हानिकारक बस्तुहरुको बजारीकरणको सूचना संचार सम्बन्धी कानून नीति निर्देशिका एबं मापदण्डहरु तयार गर्न सहयोग गर्ने ।
  4. सुर्ति मदिरा र लागु पदार्थ जन्य बस्तुको प्रादेशिक स्तरको मापदण्ड नियन्त्रण निर्धारण तथा नियमन गर्ने ।
  5. व्यवहार परिवर्तन संचार सम्बन्धी कार्यक्रमहरु प्रदेशस्तरमा कार्यान्वयन तथा स्थानीय स्तरमा कार्यान्वयनका लागि सहजिकरण गर्ने ।
  6. स्वास्थ्य शिक्षा तथा प्रबर्धन सम्बन्धी अध्ययन अनुसन्धान कार्यान्वयन गर्ने एबं गर्न सहजिकरण गर्ने ।
  7. विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा क्षेत्रको समन्वयमा संचालन गर्न आवश्यक सहजिकरण गर्ने ।
  8. व्यवहार परिवर्तनको लागि स्वास्थ्य शिक्षा सूचना तथा सामाग्रीहरुको विकास तथा वितरण गर्ने ।
  9. विद्युतीय लगायतका सवै संचार माध्यमको उच्चतम् उपयोग गरी स्वास्थ्य सम्बन्धी सूचना सम्प्रेषण गर्ने ।
  10. सूचनामूलक प्रबर्धनात्मक र जनचेतना मूलक स्वास्थ्य शिक्षा र सूचनाको प्रवाहका लागि सरकारी र गैर सरकारी क्षेत्रहरुसँग समन्वय गर्ने ।