चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा

चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा

  1. संघीय मापदण्ड बमोजिम रोग नियन्त्रण निगरानी तथा प्रकोप ब्यबस्थापनका लागि प्रदेशस्तरमा आवश्यक पर्ने नीतिगत व्यबस्था गर्न सहयोग गर्ने तथा योजना तर्जुमा प्रक्रियामा समन्वय तथा सहयोग गर्ने ।
  2. प्रदेशस्तरीय जनस्वास्थ्य निगरानीका कार्य गर्ने ।
  3. जनस्वास्थ्य आपतकालिन अवस्था स्वास्थ्य क्षेत्रमा विपद र महामारी व्यबस्थापन गर्ने ।
  4. रोग नियन्त्रण निगरानी तथा प्रकोप व्यबस्थापन गर्न अन्तर प्रदेशीय समन्वय गर्ने ।
  5. औषधी निगरानी (Pharmacovigilance), औषधिको समुचित प्रयोग र सुक्ष्मजीवनिरोधक प्रतिरोध ( Antimicrobial Resistance) न्यूनिकरण सम्बन्धी कार्य गर्ने ।
  6. राष्ट्रिय मापदण्ड तथा प्रादेशिक आवश्यक्ता अनुसार अस्पताल सेवा सुदृढिकरण समबन्धी कानून तथा नीति तयार गर्न सहयोग गर्ने मार्गदर्शन गुणस्तर मापदण्ड तथा प्रोटोकल निर्माण गर्ने ।
  7. स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा उपकरण सम्बन्धी प्रादेशिक नीति तयार गर्न सहयोग गर्ने नियम तथा मापदण्ड निर्माण गर्ने ।
  8. प्रदेशस्तरमा निजी तथा सरकारी अस्पताल वीचको सहकार्यका लागि रणनीति मापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने ।
  9. राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा प्रादेशिक मापदण्ड तथा निर्देशिका निर्माण गरी अस्पताल, नर्सिङ होम, क्लिनिक, पोली क्लिनिक लगायत अन्य स्वास्थ्य संस्थाहरुको दर्ता सिफारिस तथा अनुमति, नविकरण स्तरोन्नति अनुगमन तथा नियमन सम्बन्धी कार्य गर्ने ।
  10. प्रदेश स्तरमा स्वास्थ्य सेवा अन्य फोहोरमैला व्यबस्थापन सम्बन्धी रणनीति मापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने ।
  11. प्रदेशस्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण सेवा व्यबस्थापन गर्ने ।
  12. स्थानीय स्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण सेवा व्यबस्थापन गर्न सहजिकरण गर्ने ।
  13. स्थानीय स्तरमा स्वास्थ्य संस्था तथा सेवा सुदृढिकरणका लागि सहजिकरण गर्ने
  14. अन्तर्राष्ट्रिय राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अनुरुप स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिरणहरुको प्रभाव न्यूनिकरण सम्बन्धी कार्य गर्ने ।
  15. प्रदेशस्तरका अस्पतालहरुलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको रुपमा विकास तथा व्यबस्थापन गर्नमा सहयोग गर्ने ।
  16. प्रदेश स्तरमा स्वास्थ्य जन्य फोहोर व्यबस्थापन सम्बन्धी मापदण्ड निर्धारण र नियमन गर्ने ।
  17. स्थानीय स्तरमा स्वास्थ्य जन्य फोहोर व्यबस्थापन सम्बन्धी मापदण्ड निर्माण तथा कार्यान्वयनका लागि सहजिकरण तथा समन्वय गर्ने ।
  18. अस्पताल तथा स्वास्थ्य संस्था भवन संहिता विकास अध्यावधिक गर्ने ।
  19. स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधारहरु तथा उपकरणहरुको स्तरीकरण गरि लगत राख्ने ।
  20. स्वास्थ्य पूर्वाधार तथा उपकरणको निरीक्षण अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने ।
  21. राष्ट्रिय मापदण्ड बमोजिम औषधी जन्य तथा स्वास्थ्य प्रविधि सामाग्री उत्पादन, संचय, अधिकतम खुद्रा मूल्य, अन्तिम विसर्जन सम्बन्धी गुणस्तर मापदण्ड दर्ता संचालन अनुमति र नियमन गर्ने ।
  22. निर्धारित मापदण्ड र वर्गिकरण बमोजिम पेशागत अनुमति प्रदान गर्ने ।